चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा

Mar 20th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, ६ चैत

चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।शनिबार राति भएको खेलमा चेल्सीले मिडल्सब्रोलाई २-० गोलले पराजित गर्दै एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो ।

चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकु र हकीम ज़ियाचले एक-एक गोल गरे ।

खेलको १५ औँ मिनेटमा लुकाकुले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ३१ औं मिनेटमा हकीम ज़ियाचले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै चेल्सी एफए कपको सेमिफाइनलमा पुगेको हो ।