• गृहपृष्ठ
  • सोतोकान कराते तथा सूर्यविनायक मेयर कप प्रतियोगिता हुने

सोतोकान कराते तथा सूर्यविनायक मेयर कप प्रतियोगिता हुने

Mar 18th, 2022

भक्तपुर ४ चैत

नेपाल सोतोकान कराते डो संघ (एसकेडियुएन), भक्तपुर शाखाको आयोजनामा पाँचौं राष्ट्रिय सोतोकान कराते तथा चौथो सूर्यविनायक मेयर कप कराते प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा एकल कातासहित ३० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक शाखाका अध्यक्ष अनिल श्रेष्ठले जनाएका छन् । सूर्यविनायक नगरपालिकाको सहयोगमा हुन लागेको प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने छ ।
शीर्ष तीन स्थान हात रहने टिम, उत्कृष्ट खेलाडी र अनुशासित टिमलाई नगद पुरस्कार प्रदान गरिने छ ।

एकदिने प्रतियोगिताका खेलहरु कौशल्टारस्थित ह्वाइट प्यालेस बैंक्युटमा हुने छ ।