• गृहपृष्ठ
  • राष्ट्रिय युवासंघको वडा स्तरिय भलिबलको उपाधि आश्रांग बेशीलाई

राष्ट्रिय युवासंघको वडा स्तरिय भलिबलको उपाधि आश्रांग बेशीलाई

Mar 18th, 2022

काठमाडौँ, ४ चैत

राष्ट्रिय युवासंघ नेपाल बागमती गाउपालिका ६ नं। वडा कमिटीको आयोजनामा वडा स्तरिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । आश्राङ्ग स्थित लुकुनी बेशीमा सम्पन्न उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै आश्राङ्ग बेशी टिमले रु। पन्ध्र हजार, द्वितीय हुने आश्राङ्ग सांस्कृतिक युवा ब्याण्ड स्याउरी टिमले रु। सातहजार पाच सय, तृतीय हुने लुकुनी बेशी टिमले रु। तिन हजार पाच सय प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आश्राङ्ग बेशी टिमका राजकुमार मोक्तान घोषित भए ।

होलि पर्वको अबसरमा आयोजित भलिबल प्रतियोगिताको बिजेता टिमका खेलाडीहरुलाई प्रतियोगिता समापन समारोहका प्रमुख अतिथी राष्ट्रिय युवासंघ नेपाल ललितपुर जिल्ला अध्यक्ष एवम् नेकपा (एमाले) ललितपुर जिल्ला कमिटी सदस्य चिन लामा, बिशेष अतिथी एमाले जिल्ला सचिवालय सदस्य नारायण तिमिल्सीना, जिल्ला सदस्य माधव दहाल, बागमती गाउपालिका वडा नं.६ का वडाध्यक्ष लाल बहादुर भोम्जन, युवासंघ ललितपुरका उपाध्यक्ष बिभोर लामा, बागमती गाउपालिका ईन्चार्ज बद्री बस्नेत, महांकाल गाउपालिका ईन्चार्ज उमेश नेपाली, बाग्मती गाउपालिका अध्यक्ष सन्तोष खड्का, जिल्ला सचिवालय सदस्य खिलराज कार्की, जिल्ला सदस्यहरु स्याम भुलुन, गोविन्द थापा, दिपेन्द्र जिम्बा, नेकपा (एमाले) बागमती-६ का वडा कमिटी अध्यक्ष राम शरण घिमिरे लगायतका अतिथीहरुबाट मेडल, ट्रफि, प्रमाणपत्र र नगद पुरस्कार बितरण गरेका थिए ।

कार्यक्रम राष्ट्रिय युवासंघ बागमती ६ वडा कमिटी अध्यक्ष माधव घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम संचालन युवासंघ नेता जिवन संजेलले गरेका थिए ।