• गृहपृष्ठ
  • युनाईटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरियो

युनाईटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरियो

Mar 16th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, २ चैत
म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ ।मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा एट्लेटिको मड्रिडले युनाईटेडलाई उसकै घरेलु मैदानमा १-० गोलले पराजित गर्दै समग्रमा २-१ को जितसहित अन्तिम आठमा प्रवेश गरेको हो ।पहिलो लेगमा युनाईटेड र एट्लेटिको मड्रिडले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।

ओल्ड ट्राफोर्डमा एट्लेटिकोलाई जित दिलाउन रेनान लोडीले विजयि गोल गरे।लोडीले खेलको ४१ औं मिनेटमा एन्टोनियो ग्रीजम्यानको पासमा गोल गरेका हुन्।

जितसँगै एट्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ ।