• गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिकास्थित नारायण आधारभूत विद्यालयको अवस्था जीर्ण, जनप्रतिनिधीको वेवास्ता

महालक्ष्मी नगरपालिकास्थित नारायण आधारभूत विद्यालयको अवस्था जीर्ण, जनप्रतिनिधीको वेवास्ता

Mar 15th, 2022

आधारभूमि संवाददाता

ललितपुर १ चैत

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७ स्थित एक मात्र सामुदायिक विद्यालय नारायण आधारभूत विद्यालयको अवस्था जीर्ण बन्दै गएको छ । विद्यालयको स्तरोन्नतिमा ध्यान अवस्था सुधारमा त्याहाँका जनप्रतिनिधिले ध्यान नदिँदा सो विद्यालयमा अध्ययनरत विद्यार्थीले हैरानी खेप्नुपरेका छ ।

१७० जना विद्यार्थी अध्यनरत रहेको सो विद्यालयको छाना समेत छैन । त्यस्तै खेलकुदका नाममा एक सेट चिप्लेटी मात्र छ । त्यो पनि बालकालिका सहज रुपमा खेल्ने खालको छैन । खेल मैदानको अवस्था नाजुक छ , दायाँ बाँया बार समेत छैन ।

विद्यालयको यस्तो अवस्थामा भैसक्दा पनि विद्यालय व्यवस्थापन समिति, राजनीति र पारिवारिक व्यवस्थापन समितिका सदस्यहरुले चासो दिएका छैनन् । रानीतिक तहले अनुगमन नगर्दा न व्यवस्थापन समितिले चासो नदिँदा विद्यालयको यस्तो हालत भएको एक शिक्षकले बताए ।

महालक्ष्मी नगरपालिका शिक्षा शाखाका प्रमुख चिरञ्जीवी पौडेलले हाल नयाँ व्यवस्थापन समिति गठन भएको अब सुधार हुने आश्वासन दिए । आफूहरुले विद्ययालयको सो अवस्थामा आफूहरुले कही गर्न नसक्ने भन्दै विद्यालयकी प्रधान अध्यापक सविता सिलवालले व्यवस्थापन समितिले अह्राए बमोजिम गर्ने हो भनेर उम्कीइन् ।

सौ विद्यालयको वरपर नेकपा एस (एकिकृत समाजवादी) ले ढल संगै राजकुलो समेत निर्माण गरेको छ । लाखौ लगाएर क्रियापत्री भवन बनाएको छ । तर त्याँसम्म पुग्ने बाटो निर्माणमा भने चासो दिएको छैन । अन्य दलले समेत सो स्थानमा विकास निर्माण गर्ने चासो नदिला स्थानीयले हैरानी खेपेका छन् ।