• गृहपृष्ठ
  • शीर्ष स्थानको रियल मड्रिडलाई १० अंकको अग्रता

शीर्ष स्थानको रियल मड्रिडलाई १० अंकको अग्रता

Mar 15th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, १ चैत
स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले १० अंकको अग्रता बनाएको छ । सोमबार राति भएको खेलमा रियलले मालोर्कालाई ३-० गोलले पराजित गरेको हो ।

मालोर्काको मैदानमा रियल मड्रिडलाई जित दिलाउन करिम बेन्जेमाले दुई गोल गरे भने भिनिसियस जुनियरले एक गोल गरे ।

दोस्रो हाफको ५५ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

खेलको ७७ औं मिनेटमा करिम बेन्जेमाले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

त्यसपछि खेलको ८२ औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।

जितसँगै रियलले २८ खेलबाट ६६ अंक जोडेको छ र शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ ।पराजित मालोर्काको २८ खेलबाट २६ अंक छ र १७ औं स्थानमा छ ।