बराबरीमा रोकियो शीर्ष स्थानको सिटी

Mar 15th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, १ चैत

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी क्रिस्टल प्यालेस बराबरीमा रोकिएको छ । सोमबार राति क्रिस्टल प्यालेसको घरेलु मैदानमा भएको खेलमा सिटी र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलमा दुबै टोलीले गोल गर्ने प्रयास गरेका थिए तर कोही सफल हुन सकेनन् ।

बराबरीसँगै सिटीको २९ खेलबाट ७० अंक छ र शीर्ष स्थानमा छ । क्रिस्टल प्यालेसको २९ खेलबाट ३४ अंक छ र ११ औं स्थानमा छ ।