नेप्सेमा झिनो अंकले सुधार

Mar 14th, 2022

काठमाडौं, फागुन ३०
नेप्सेमा झिनो अंकले सुधार आएको छ । नेप्सेको कारोबार प्रणालीमा समस्या हुंदा नेप्से आज शुन्य दशमलव १५ अंकले बढेर २६ सय ६८ अंकमा पुग्दा सेन्सिटिभ भने शुन्य दशमलव शुन्य पाँच अंकले घटेर पाँच सय नौं दशमलव ८५ अंकमा झरेको छ । आज दुई सय २० वटा कम्पनीहरुको १८ हजार पाँच सय ९७ पटकको कारोबारमा २३ लाख ४९ हजार १० कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम एक अर्ब ३४ करोड २२ लाख ३२ हजार आठ सय ३९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा आज छ वटा समुहको सुचक बढेर सात वटा समुहको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ७१ अंकले बढेर १७ सय २० दशमलव ३९ अंकमा चढेकोमा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, अन्य र लघुवित्त समुहको सुचक पनि बढेका छन् । जलबिद्युुत समुहको सुचक भने ३६ दशमलव ६४ अंकले घटेर ३१ सय ५९ दशमलव १५ झर्दा फाईनान्स, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने सानिमा लार्ज क्याप फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।