• गृहपृष्ठ
  • बार्सिलोनाको फराकिलो जित,टोरेसले गरे दुई गोल

बार्सिलोनाको फराकिलो जित,टोरेसले गरे दुई गोल

Mar 14th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ,३० फागुन
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ४–० गोलले पराजित गरेको हो ।

क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन फेरान टोरेसले दुई गोल गरे भने एमरिक औबामेयाङ र रिकुइ पुइगले एक-एक गोल गरे।

खेलको १४ औं मिनेटमा फेरान टोरेसले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको २१ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

खेलको २७ औं एमरिक औबामेयाङले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

त्यसपछि दोस्रो हाफको ७५ औं मिनेटमा रिकुइ पुइगले गोल गर्दै टोलीलाई ४-० को फराकिलो जित दिलाए ।

जितसँगै बार्सिलोनाले २७ खेलबाट ५१ अंक जोडेको छ र तालिकाको तेस्रो स्थानमा छ। पराजित ओसासुनाको २८ खेलबाट ३५ अंक छ र ११ औं स्थानमा छ ।