• गृहपृष्ठ
  • शीर्ष स्थानको पीएसजीलाई १५ अंकको अग्रता

शीर्ष स्थानको पीएसजीलाई १५ अंकको अग्रता

Mar 14th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, ३० फागुन
फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले १५ अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा पीएसजीले बोर्डेक्सलाई ३-० गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पे,नेमार र लिआन्ड्रो परेडेसले एक-एक गोल गरे।

खेलको २४ औं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ५२ औं मिनेटमा नेमारले गोल गर्दै पीएसजीलाई २-० ले अघि बढाए ।

त्यसपछि खेलको ६१ औं मिनेटमा लिआन्ड्रो परेडेसले गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।

जितसंगै पीएसजीले २९ खेलबाट ६५ अंक जोडेको छ र शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको छ ।पराजित बोर्डेक्सको २२ खेलबाट ३२ अंक छ र पुछारमा छ ।