काई हार्भट्जको गोलमा चेल्सीको जित

Mar 14th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, ३० फागुन
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा चेल्सीले न्यूकासल युनाईटेडलाई १-० गोलले पराजित गरेको हो ।

स्ट्यामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन काई हार्भट्जले विजयि गोल गरे।हार्भट्जले दोस्रो हाफको ८९ औं मिनेटमा गोल गरेका हुन्।

जितसंगै चेल्सीले २८ खेलबाट ५९ अंक जोडेको छ र तेस्रो स्थानमा छ ।पराजित न्यूकासलको २८ खेलबाट ३१ अंक छ र १४ औं स्थानमा छ ।