नेप्सेमा उच्च बृद्धि

Mar 13th, 2022

काठमाडौं, फागुन २९
नेप्से उच्च अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से एकै दिन एक सय एक दशमलव सात अंकले बढेर २६ सय ६७ दशमलव ९७ अंकमा पुग्दा सेन्सिटिभ पनि १६ दशमलव ३७ अंकले बढेर पाँच सय नौ दशमलव ९० अंकमा चढेको छ । आज दुई सय २८ वटा कम्पनीहरुको ६४ हजार छ सय ३५ पटकको कारोबारमा ९० लाख २२ हजार आठ सय ९० कित्ता शेयर किनबेच हुंदा कारोबार रकम चार अर्ब ८७ करोड सात लाख १५ हजार तीन सय ८७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ५४ दशमलव ७१ अंकले बढेर १७ सय १९ दशमलव ६८ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ७५ दशमलव ६५ अंकले बढेर ३१ सय ९५ दशमलव ७९ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि पाँच सय ६७ दशमलव ८७ अंकले बढेर ११ हजार नौ सय ६५ दशमलव ६० अंकमा पुग्दा जीवन बीमा, बिकास बैंक, फाईनान्स, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा मेगा म्युचुअल फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट लिमिटेड परेको छ ।