• गृहपृष्ठ
  • पल शाह हिरासतमा रहेको बेआ हिट भाईरहेको ‘पवित्र माया’ (हेर्नुस् भिडियो)

पल शाह हिरासतमा रहेको बेआ हिट भाईरहेको ‘पवित्र माया’ (हेर्नुस् भिडियो)

Mar 13th, 2022

काठमाडौं, फागुन २९
अभिनेता एवम मोडल पल शाह अभिनित गायक राजन तामाङको ‘पवित्र माया’ बोलको गीत बजारमा आएको छ । गायक तामाङको सुमधुर आवाज रहेको उक्त गीतलाई पारिजात नेपालको अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएको हो ।

आर बि लामाले संगीत र रचना गरेको उक्त गीतलाई गायक एवम संगीतकार कर्साङ लामाले संगीत संयोजन र ध्वनी सम्पादन गरेका हुन् । भिडियोमा अभिनेता पल शाह र मोडल गरिमा शर्माको अभिनय समेटिएको छ । राम कुमार केसीले छायांकन र राजिव समरले कोरियोग्राफी गरेको उक्त गीतको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन, कलर र निर्देशन गरेका हुन् ।

अभिनेता पल शाह भने अहिले प्रहरी हिरासतमा छन् । एक नाबालिक गायिकाले करणी गरेको आरोप लागेपछि उनी आफै तनहुँँ प्रहरी कार्यालयमा पुगेका हुन् ।