ब्राइटनमाथि लिभरपुलको सहज जित

Mar 13th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, २९ फागुन
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा लिभरपुलले ब्राइटनलाई उसकै घरेलु मैदानमा २-० गोलले पराजित गरेको हो ।

ब्राइटनको मैदानमा लिभरपुललाई जित दिलाउन लुइज डाइज र मोहम्मद सलाहले एक-एक गोल गरे ।

खेलको १९ औं मिनेटमा लुइज डाइजले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ६१ औँ मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमा गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।

जितसँगै लिभरपुलले २८ खेलबाट ६६ अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा छ ।शीर्ष स्थानको म्यानचेस्टर सिटीको २८ खेलबाट ६९ अंक छ । पराजित ब्राइटनको २८ खेलबाट ३३ अंक छ र तालिकाको १३ औँ स्थानमा छ ।