• गृहपृष्ठ
  • शीर्ष स्थानको एसी मिलानलाई पाँच अंकको अग्रता

शीर्ष स्थानको एसी मिलानलाई पाँच अंकको अग्रता

Mar 13th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, २९ फागुन
इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको एसी मिलानले जित निकालेको छ ।शनिबार राति घरेलु मैदानमा भएको खेलमा एसी मिलानले एम्पोलिलाई १-० गोलले पराजित गरेको हो ।

सान सिरोमा एसी मिलानलाई जित दिलाउन पियरे कालुलुले विजयि गोल गरे। पियरे कालुलुले खेलको १९ औं मिनेटमा गोल गरेका हुन्।पियरे कालुलुले सिजनको पहिलो गोल गरेका हुन् भने उनको यो करियरको दोस्रो गोल थियो ।

जितसंगै एसी मिलानले २९ खेलबाट ६३ अंक जोडेको छ र शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाएको छ ।पराजित एम्पोलिको २९ खेलबाट ३२ अंक छ र १३ औं स्थानमा छ ।