बराबरीमा रोकियो शीर्ष स्थानको बायर्न

Mar 13th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, २९ फागुन
जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बायर्न म्युनिख र होफ्फेन्हेइमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलमा बायर्नको लागि रोबर्ट लेवान्डोस्कीले एक गोल गरे भने होफ्फेन्हेइमका क्रिस्टोफ बाउमगार्टनरले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने होफ्फेन्हेइमले लिएको थियो। खेलको ३२ औँ मिनेटमा क्रिस्टोफ बाउमगार्टनरले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर,पहिलो हाफको इन्जुरि समयमा बायर्नका रोबर्ट लेवान्डोस्कीले गोल गर्दे खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै बायर्नको २६ खेलबाट ६० अंक छ र शीर्ष स्थान छ । होफ्फेन्हेइमको २६ खेलबाट ४४ अंक छ र पाँचौं स्थानमा छ ।