• गृहपृष्ठ
  • टोटेनहममाथि युनाईटेडको जित ,रोनाल्डोको ह्याट्रिक

टोटेनहममाथि युनाईटेडको जित ,रोनाल्डोको ह्याट्रिक

Mar 13th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, २९ फागुन
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले टोटेनहममाथि जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा युनाईटेडले टोटेनहमलाई ३–२ गोलले पराजित गरेको हो ।

ओल्ड ट्राफोर्डमा युनाईटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । टोटेनहमका ह्यारी केनले एक गोल फर्काए भने टोटेनहमले एक गोल आत्मघाती उपहार पाएको हो ।

खेलको १२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ३५ औं मिनेटमा टोटेनहमका ह्यारी केनले गोल गर्दै खेल बराबरीमा फर्काए ।

तर, खेलको ३८ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

दोस्रो हाफको ७२ औं मिनेटमा युनाईटेडका ह्यारी मगुइरेले आत्मघाती गोल गरेपछि खेल २-२ को बराबरीमा फर्कियो।

तर, खेलको ८१ औं मिनेटमा युनाईटेडका रोनाल्डोले ह्याट्रिक पूरा गर्दै टोलीलाई ३-२ को जित दिलाए ।

जितसँगै युनाईटेडले २९ खेलबाट ५० अंक जोडेको छ र तालिकाको चौथो स्थानमा छ । पराजित टोटेनहमको २७ खेलबाट ४५ अंक छ र सातौं स्थानमा छ ।