महिलाको हत्यामा संलग्न २ जना पक्राउ

Mar 11th, 2022

भक्तपुर, फागुन २७
भक्तपुरको नागपोखरी बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ नवलडाँडा स्थायी वतन भएकी २८ वर्षीया जेनिशा नगरकोटीको धारिलो हतियार चक्कुले घाँटी रेटी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका–१० थलाछे बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–२ भकुण्डेवेशी घर भएका ४४ वर्षीय रमेश भन्ने कुमार लामा र भक्तपुर नगरपालिका–८ महेश्वरी बस्ने काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–४ चौवास घर भएका ३८ वर्षीय नवराज रिजाल रहेका छन् ।

चाँगुनारायण नगरपालिका–७ बागरेस्थित तरकारी खेती बारीमा रहेको टहराभित्र घाँटी रेटी हत्या भएको अवस्थामा गत सोमबार जेनिशा नगरकोटीको शव फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।उनीहरू उपर भक्तपुर जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा ७ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।