नर्विच सिटीमाथि चेल्सीको जित

Mar 11th, 2022

आधारभूमि संवाददाता

काठमाडौ, फागुन २७
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ । बिहीबार राति भएको खेलमा चेल्सीले नर्विच सिटीलाई उसकै
मैदानमा ३–१ गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन ट्रेभो चलोबा,मेसन माउन्ट र काई हार्ट्जले एक-एक गोल गरे।नर्विच सिटीका टिमु पुक्कीले एक गोल गरे।

खेलको तेस्रो मिनेटमा ट्रेभो चलोबाले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको १४ औं मिनेटमा मेसन माउन्टले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

दोस्रो हाफको ६९ औं मिनेटमा नर्विच सिटीका टिमु पुक्कीले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ९० औं मिनेटमा काई हार्ट्जले गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

जितसँगै चेल्सीले २७ खेलबाट ५६ अंक जोडेको छ र तालिकाको तेस्रो स्थानमा छ। पराजित नर्विच सिटीको २८ खेलबाट १७ अंक छ र पुछारमा छ ।