• गृहपृष्ठ
  • एकै दिन ५२ अंकले बढ्यो नेप्से ,अन्य बाहेक सबै समुहको सुचक हरियो

एकै दिन ५२ अंकले बढ्यो नेप्से ,अन्य बाहेक सबै समुहको सुचक हरियो

Mar 10th, 2022

काठमाडौ, फागुन २६
नेप्से बढेको छ । आज बिहिबार नेप्से ५२ दशमलव २१ अंकले बढेर २५ सय ६६ दशमलव २१ अंकले बढेर २५ सय ६६ दशमलव ७९ अंकमा पुग्दा शेन्सिटिभ पनि छ दशमलव २४ अंकले बढेर चार सय ९३ दशमलव ४३ अंकमा चढेको छ । आज दुई सय २६ वटा कम्पनीह्रुको ४३ हजार पाँच सय ३८ पटकको कारोबारमा ५६ लाख १० हजार छ सय ३१ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम दुई अर्ब ७९ करोड १८ लाख ७२ हजार नौ सय ७० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा अन्य समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १६ दशमलव पाँच अंकले बढेर १६ सय ६४ दशमलव ९८ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि एक सय दुई दशमलव ७८ अंंकले बढेर २१ सय ३५ दशमलव ८२ अंकमा चढेको छ । निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ४८ दशमलव एक अंकले बढेर ११ हजार तीन सय ९७ दशमलव ७३ अंकमा चढेकोमा बिकास बैंक, जलबिद्युत, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा इर्मजिङ नेपाल लिमिटेड पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा माउन्टेन इर्नर्जी नेपाल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने अपी पावर लिमिटेड परेको छ ।