• गृहपृष्ठ
  • युक्रेनबाट चिनियाँ नागरिक बोकेका दुई जहाज सकुशल चीन पुगे

युक्रेनबाट चिनियाँ नागरिक बोकेका दुई जहाज सकुशल चीन पुगे

Mar 10th, 2022

बेइजिङ, २६ फागुन, /रासस/सिन्ह्वा

युक्रेनबाट निकालिएका चिनियाँ नागरिक बोकेका दुईवटा अस्थायी उडान बिहीबार सकुशल चीन आइपुगेका छन् ।बिहान ८:०२ मा पहिलो उडान पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउमा र दोस्रो उडान ११:१२ बजे पूर्वी चीनको शानडोङ प्रान्तको जिनानमा आइपुगेको जनाइएको छ।

यसअघि युक्रेनबाट चिनियाँ नागरिकहरूलाई फिर्ता लैजाने सात अस्थायी उडानहरू पहिले चीन पुगिसकेका छन् ।