• गृहपृष्ठ
  • रियल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा ,बेन्जिमाको ह्याट्रिक

रियल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा ,बेन्जिमाको ह्याट्रिक

Mar 10th, 2022

आधारभूमि संवाददाता

काठमाडौ, फागुन २६
रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा रियलले पेरिस सेन्ट जर्मेनलाई ३-१ गोलले पराजित गर्दै समग्रमा ३-२ को जितसहित क्वाटरफाइनलमा प्रवेश गरेको हो ।पहिलो लेगमा भने पीएसजीले रियललाई १-० गोलले पराजित गरेको थियो ।

बुधबार राति रियललाई जित दिलाउन करिम बेन्जिमाले ह्याट्रिक पुरा गरे । पीएसजीका केलियन एमबाप्पेले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता भने पीएसजीले लिएको थियो। खेलको ३९ औँ मिनेटमा केलियन एमबाप्पेले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, खेलको ६१ औं मिनेटमा रियलका करिम बेन्जिमाले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ७६ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

त्यसपछि खेलको ७८ औं मिनेटमा बेन्जिमाले ह्याट्रिक पूरा गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

जितसँगै रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।