एकै दिन ३० अंकले घट्यो नेप्से

Mar 9th, 2022

काठमाडौ, फागुन २५
नेप्से घटेको छ । साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से ३० दशमलव २९ अंकले घटेर २५ सय १४ दशमलव ६५ अंकमा झर्दा सेन्सिटिभ पनि पाँच दशमलव ४६ अंकले घटेर चार सय ८७ दशमलव सात अंकमा पुगेको छ । आज दुई सय २९ वटा कम्पनीहरुको ३९ हजरा सात सय ८८ पटकको कारोबारमा ४९ लाख ५९ हजार नौ सय १९ कित्ता शेयर किनबेच भएकछन भने कारोबार रकम दुई अर्ब ३५ करोड २३ लाख १७ हजार एक सय ४२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १२ दशमलव ९६ अंकले घटेर १६ सय ४८ दशमलव ३२ अंकमा पुगेको छ भने जलबिद्युुत समुहको सुचक पनि ५५ दशमलव ९६ अंंकले घटेर २९ सय ९४ दशमलव ५४ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि ४५ दशमलव ६९ अंकले घटेर दुई हजार ३२ दशमलव नौ अंकमा पुगेकोमा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा माउन्टेन इर्नर्जी नेपाल लिमिटेड पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा बिशाल बजार कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम परेको छ ।