‘बुलाकी’ को फस्र्टलुक यस्तो

Mar 9th, 2022

काठमाडौं, फागुन २५
अन्तराष्ट्रिय नारी दिवसको अबसर पारेर मंगलबार ‘बुलाकी’ फिल्मको फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । दर्शकमाझ कौतुहलता पैदा गर्न सफल पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई मात्र प्रस्तुत गरिएको छ ।

कर्णाली भेगको जनजीवन, रीतिथिती तथा संस्कृति समेटिएको बताइने गरिएको फिल्म लक्ष्मण सुनारको निर्देशनमा टोपेन्द्र बिष्टले निर्माण गरेका हुन् । स्व. मोति बिष्टको प्रस्तुति रहेको फिल्म डोल्पा, जाजरकोट र रुकुमका बिभिन्न स्थानमा खिचिएको हो । फिल्ममा सुरक्षाका साथमा नरेन्द्र खड्का, नवअभिनेता बिराज बिष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारले अभिनय गरेका छन ।

छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा सौगात कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ शिब ढकालले खिचेका हुन् । केही समयमै फिल्मको टिजरका साथमा प्रदर्शन मिति सार्वजनीक गरिने जानकारी निर्माता टोपेन्द्रले दिएका छन् ।