• गृहपृष्ठ
  • चिनियाँ र पाकिस्तानी विदेशमन्त्री फोनवार्ता

चिनियाँ र पाकिस्तानी विदेशमन्त्री फोनवार्ता

Mar 9th, 2022

बेइजिङ,२५ फागुन /रासस/सिन्ह्वा

चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साश मोहमद कुरेसीबीच फोनवार्ता भएको बताइएको छ । उहाँहरुका बीचमा मंगलबार फोनमा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यस फोनवार्ताका क्रममा चिनियाँ विदेशमन्त्री यीले हालै पाकिस्तानको पेसावरमा भएको आतंककारी हमलाको कडा शब्दमा निन्दा गर्नुभएको बताइएको छ ।त्यस्तै उहाँहरुका बीचमा चीन पाकिस्तान द्धिपक्षीय सम्बन्धका साथै अन्य सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो ।

त्यस वार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हालै गर्नुभएको चीन भ्रमण र त्यहाँ उहाँले बेइजिङ ओलम्पिकमा सहभागी हुनुभएका विषयमा पनि कुराकानी भएको थियो ।