लचिलो हुँदै युक्रेन, के छ रुसको माग ?

Mar 9th, 2022

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससंग ‘समझौता’का लागि तयार रहेको संकेत गरेका छन् ।

रुसी सरकारले भने युक्रेनले रुसको सर्तहरू पूरा गर्न तयार भएमा तुरुन्तै ढिलाइ नगरी सैन्य कारबाही रोक्न तयार भएको बताएको छ।

प्रवक्ता दिमित्री पेस्कोफको अनुसार रुस र युक्रेनको युद्ध रोक्नमस्कोले युक्रेनले आफ्नो सैन्य कारबाही बन्द गर्नुपर्ने, तटस्थता स्थापित गर्न आफ्नो संविधान परिवर्तन गर्नुपर्ने, क्रिमियालाई रुसी क्षेत्रको रूपमा मान्यता दिने र डोनेट्स्क र लुहान्स्कका पृथकतावादी क्षेत्रहरूलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने माग गरेको बताए।

युक्रेनमा भएको आक्रमणपछि रुसको यो एकदमै स्पष्ट भनाइ हो । पेस्कोफले एक अन्तर्वार्तामा भने कि युक्रेनलाई यी सर्तहरुको बारेमा थाहा छ र उनीहरूलाई भनिएको छ कि सबै कुरा तुरुन्तै रोक्न सकिन्छ।

रुसी सरकारका प्रवक्ताले रुसले युक्रेनको कुनै पनि भूभाग दाबी नगरेको र कुनै पनि भूभागलाई गाँस्न नचाहेको स्पष्ट पारेका छन् । यसै क्रममा उनले युक्रेनको राजधानी किभ रुसलाई हस्तान्तरण गर्ने माग सत्य नभएको बताएका छन् ।

उनले भनेका छन् हामी वास्तवमा युक्रेनको सैन्यकरण अन्त्य गर्दैछौं। हामी यसलाई अन्त्य गर्नेछौं तर मुख्य कुरा यो हो कि युक्रेनले आफ्नो सैन्य कारबाही रोक्नु पर्छ। तिनीहरूले आफ्नो सैन्य कारबाही बन्द गर्नुपर्छ र त्यसपछि कसैले फायर गर्नेछैन। एजेन्सी