• गृहपृष्ठ
  • लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

Mar 9th, 2022

आधारभूमि संवाददाता

काठमाडौ, फागुन २५
लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इन्टर मिलानसँग १-० गोलले पराजित भएपनि समग्रमा २-१ को जितसहित क्वाटरफाइनलमा प्रवेश गरेको हो ।पहिलो लेगमा लिभरपुलले इन्टर मिलानलाई २-० गोलले पराजित गरेको हो ।

मंगलबार राति भएको दोस्रो लेगमा इन्टर मिलानलाई जित दिलाउन लाउटरो मार्टिनेजले विजयि गोल गरे।मार्टिनेजले दोस्रो हाफको ६१ औं मिनेटमा गोल गरेका हुन्।

खेलको ६३ औं मिनेटमा इन्टर मिलान १० खेलाडीमा समेटिएको थियो।मिलानका एलेक्सिस सान्चेजले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।

जितसँगै लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।