• गृहपृष्ठ
  • बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा ,लेवान्डोस्कीको ह्याट्रिक

बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा ,लेवान्डोस्कीको ह्याट्रिक

Mar 9th, 2022

आधारभूमि संवाददाता

काठमाडौ, फागुन २५
बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।मंगलबार राति घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगमा बायर्नले रेड बुल साल्जबर्गलाई ७-१ गोलले पराजित गर्दै समग्रमा ८-२ को जितसहित क्वाटरफाइनलमा प्रवेश गरेको हो ।पहिलो लेगमा बायर्न र साल्जबर्गले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।

बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोव्स्कीले ह्याट्रिक ,थोमस मुलरले दुई गोल ,सर्ज जिनाब्री र लेरो सानेले एक-एक गोल गरे ।साल्जबर्गका क्जएर्गार्दले एक गोल फर्काए ।

जितसँगै बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।