एभर्टनमाथि टोटेनहमको जित

Mar 8th, 2022

आधारभूमि संवाददाता

काठमाडौ, फागुन २४
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा टोटेनहमले एभर्टनलाई ५–० गोलले पराजित गरेको हो ।

टोटेनहमलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे भने सन हेउङ मिन र सर्जियो रेगुइलोनले एक-एक गोल गरे ।टोटेनहमले एक गोल आत्मघाती उपहार पाएको हो ।

घरेलु मैदानमा टोटेनहमले आत्मघाती गोलबाट सुरुवाती अग्रता लिएको थियो ।एभर्टनका माइकल केनले खेलको १४ औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

खेलको १७ औं मिनेटमा सन हेउङ मिनले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

खेलको ३७ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई ३-० ले अघि बढाए।

दोस्रो हाफको ४६ औं मिनेटमा सर्जियो रेगुइलोनले गोल गर्दै टोटेनहमलाई ४-० ले अघि बढाए।

त्यसपछि खेलको ५५ औं मिनेटमा ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ५-० को फराकिलो जित दिलाए ।

जितसँगै टोटेनहमले २६ खेलबाट ४५ अंक जोडेको छ र तालिकाको सातौं स्थानमा छ । पराजित एभर्टनको २५ खेलबाट २२ अंक छ र १७ औं स्थानमा छ ।