सामान्य अंकले बढ्यो नेप्से

Mar 7th, 2022

काठमाडौ, फागुन २३
नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबार एक दशमलव ५५ अंकले बढेर २५ सय ४४ दशमलव ९४ अंकमा पुग्दा न्सिटिभ पनि दुई दशमलव ४१ अंकले बढेर चार सय ९२ दशमलव ५३ अंकमा चढेको छ । दुई सय ३० वटा कम्पनीहरुको ४० हजार एक सय ३० पटकको कारोबारमा ५३ लाख १५ हजार दुई सय ९२ कित्ता शेयर किनबेच हुंदा आज कारोबार रकम दुई अर्ब ६० करोड नौ लाख ३० हजार चार सय तीन रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा आज पाँच वटा समुहको सुचक बढेर बाँकी नौ वटा समुहको सुचक घटेका छन् । ति मध्ये बााँणिज्य बैंक समुहको सुचक पाँच दशमलव ३६ अंकले बढेर १६ सय ६० दशमलव २३ अंकमा पुग्दा निर्जिवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक र अन्य समुहको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक भने आज २१ दशमलव ४१ अंकले घटेर ४३ सय ४० दशमलव ३६ अंकमा पुग्दा जलबिद्युत, फाईनान्स, जीवन बीमा, लघुुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा बुद्धभुमी नेपाल हाईड्रो पावर कम्पनी परेको छ भने भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पाँचथर पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट पहिलो स्थानमा परेको छ ।