• गृहपृष्ठ
  • पुर्वेली लोक लयको गीत ’सुपारी सुटुक्कै’ सार्वजनिक (भिडियो सहित)

पुर्वेली लोक लयको गीत ’सुपारी सुटुक्कै’ सार्वजनिक (भिडियो सहित)

Mar 7th, 2022

काठमाडौ, फागुन २३
पूर्वेली लोक लयमा तयार पारिएको बहु प्रतिक्षित गीत ’सुपारी सुटुक्कै’ नेपाल मिडिया को अफिसियल युट्युब च्यानलबाट आज सार्वजनिक भएको छ ।

डि आर अटु को रचना रहेको सो गीतमा पुर्वेली लोक संस्कृति, किराँती जनजीवन(राई/लिम्बू)लाई चित्रणको परम्परागत लोक सभ्यतालाई देखाइएको छ । गीतमा प्रेमील मनका प्रेमका बोलीहरुलाई समेटिएको छ । द भ्वाइस अफ किड्सी कि फाईनलिष्ट पेमा दिछेन तामाङ र गायक संगाम शेर्मा को स्वरमा रहेको यो गीतमा संगीत चर्चित संगीतकार डिआर अटुले ले भरेका छन् । गीतको एरेन्जमा राजु कार्कीले सहयोग गरेका छन् । लिम्दुनी क्रियसन र कोरियन स्टुडियोमा मा रेकर्ड गरिएको यो गीतलाई निरु लाबती लिम्बुले लगानी गरेकी हुन ।

पुर्वेली लोकजीवन र रहनसहनलाई मायाप्रेमसँग फ्युजन गरेर उत्पादन गरिएको यो भिडियोलाई दिनेश माङबो निर्देशन गरेका छन् । गीतमा मुख्य अभिनय विल्सन विक्रम राई, पेमा दिछेन तामाङ, पुष्पाञ्जली तिलिङ मादेन, रुद्ध पाहिम, चन्द्र गोले तामाङ, प्रिया लिम्बुले पनि साथ दिएका छन् ।यस गीत तथा भिडियोलाई सम्पादन अनिल रानाले गरेका छन् यसै गरि क्यामेरा बुद्ध थापाले घुमाएका छन् ।