• गृहपृष्ठ
  • विकास लामिछाने र गीता ढुंगाना अभिनित ‘रहे नरहे’ सार्वजनिक (हेर्नुस् भिडियो)

विकास लामिछाने र गीता ढुंगाना अभिनित ‘रहे नरहे’ सार्वजनिक (हेर्नुस् भिडियो)

Mar 7th, 2022

काठमाडौ, फागुन २३
गायिका रानी शाक्य र सन्तोष आलेको युगल स्वरमा ‘रहे नरहे’ बोलको गीत सार्वजनिक भएको छ । सन्तोष आलेको शब्द तथा संगीत रहेको गीतमा, बलराम समालको एरेन्ज रहेको छ ।

प्रेमकथाको यो गीतको भिडियोलाई माधव अधिकारीले निर्देशन गरेका छन । भिडियोमा विकास लामिछाने र गीता ढुंगानाको साथमा कविन्द्र त्रीपाठीको अभिनय रहेको छ । आवेश बज्राचार्यले खिचेको भिडियोलाई माधव बेल्वासेले कलर ग्रेडिंङ र सम्पादन गरेका हुन् ।भिडियोलाई गायिका शाक्यको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोमा दर्शकको सकारात्मक प्रतिक्रिया आएको छ ।