ललितपुरको एक घरमा ५ जनाको मृत्यु

Mar 7th, 2022

ललितपुर, २३ फागुन ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिका ४ नल्लुमा एकै परिवारका चारजना मृत फेला परेका छन् । उनीहरू सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एकजनाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५५ वर्षीय काइँला स्याङताङ, २२ वर्षीय छोरा सुभाष स्याङताङ, २२ वर्षीया बुहारी सुष्मा स्याङताङ, नौ वर्षीय आशिष स्याङताङ र दुई दिनको नवजात शिशु छन्।

दुईजनाको पाटन अस्पतालमा उपचार भइरहेको र घटनाबारे विस्तृत विवरण बुझ्घन प्रहरी घटनास्थलमा पुगिसकेको छ । सबैको निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।