• गृहपृष्ठ
  • संरक्षित वन्यजन्तु सालकको आखेटोपहार सहित १ जना पक्राउ

संरक्षित वन्यजन्तु सालकको आखेटोपहार सहित १ जना पक्राउ

Mar 7th, 2022

काठमाडौं, फागुन २३
काठमाडौं महानगरपालिका–१३ सोल्टीदोबाटोबाट २ थान संरक्षित वन्यजन्तु सालकको आखेटापार जस्तो देखिने बस्तु र १ थान डिजिटल तराजु सहित काठमाडौं तारकेश्वर नगरपालिका–१० नेपालटार बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका ४० वर्षीय गोपाल बानियाँलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा सालकको आखेटोपहार १२ लाख रुपैयाँमा बिक्री बितरण गर्न खोजिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त बस्तु र तराजु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको छ ।