जिरौडको गोलमा एसी मिलानको जित

Mar 7th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, २३ फागुन
इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको एसी मिलानले जित निकालेको छ ।आइतबार राति भएको खेलमा एसी मिलानले नापोलीलाई १(० गोलले पराजित गरेको हो ।

एसी मिलानलाई जित दिलाउन ओलिभर जिरौडले विजयि गोल गरे।जिरौडले दोस्रो हाफको ४९ औं मिनेटमा गोल गरेका हुन्।

जितसंगै एसी मिलानले २८ खेलबाट ६० अंक जोडेको छ र शीर्ष स्थानमा दुई अंकको अग्रता बनाएको छ ।पराजित नापोलीको २८ खेलबाट ५७ अंक छ र तेस्रो स्थानमा छ ।