म्यानचेस्टर डर्बी : सिटीको सहज जित

Mar 7th, 2022

आधारभूमि संवाददाता
काठमाडौं, फागुन २३

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।आइतबार राति भएको म्यानचेस्टर डर्बीमा शीर्ष स्थानको सिटीले म्यानचेस्टर युनाईटेडलाई ४-१ गोलले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीलाई जित दिलाउन केभिन डे ब्रुइन र रियाद महरेजले दुई-दुई गोल गरे।युनाईटेडका जाडोन सान्चोले एक गोल गरे।

खेलको पाँचौं मिनेटमानै केभिन डे ब्रुइनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, खेलको २२ औं मिनेटमा युनाईटेडका जाडोन सान्चोले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।

खेलको २८ औं मिनेटमा ब्रुइनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए ।

दोस्रो हाफको ६८ औं मिनेटमा रियाद महरेजले गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए ।

त्यसपछि खेलको ९० औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ को सहज जित दिलाए ।

जितसंगै सिटीले २८ खेलबाट ६९ अंक जोडेको छ र शीर्ष स्थानमा छ अंकको अग्रता बनाएको छ। पराजित युनाईटेडको २८ खेलबाट ४७ अंक छ र पाँचौं स्थानमा छ ।