• गृहपृष्ठ
  • झण्डै चार अंकले घट्यो नेप्से ,कमाउने भन्दा गुमाउने समुह धेरै

झण्डै चार अंकले घट्यो नेप्से ,कमाउने भन्दा गुमाउने समुह धेरै

Mar 6th, 2022

काठमाडौ, फागुन २२
नेप्से घटेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से तीन दशमलव ६६ अंकले घटेर २५ सय ४३ दशमलव ३९ अंंकमा पुग्दा सेन्सिटिभ भने एक दशमलव ३१ अंकले बढेर चार सय ९० दशमलव १३ अंकमा पुगेको छ । दुई सय ३० वटा कम्पनीहरुको ४५ हजार छ सय २२ पटकको कारोबारमा ५१ लाख ३९ हजार दुई सय ३९ कित्ता किनबेच भएकाछन भने कारोबार रकम दुई अर्ब ४९ करोड ३२ लाख ४१ हजार दुई सय ७३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा चार वटा समुहले कमाएकाछन भने नौ वटा समुहले गुमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव २८ अंकले बढेर १६ सय ५४ दशमलव ८९ अंकमा पुग्दा बिकास बैंक, होटल तथा पर्यटन र अन्य समुहको सुचक पनि बढेको छ । जलबिद्युत समुहको सुचक भने २२ दशमलव एक अंकले घटेर तीन हजार ८२ दशमलव ३७ अंकमा पुग्दा फाईनान्स समुहको सुुचक पनि १३ दशमलव ६६ अंकले घटेर २१ सय छ दशमलव एक अंकमा झरेको छ । निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा मैलुङ खोला जलबिद्युत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा आईसीएफसी फाईनान्सको संस्थापक शेयर परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट परेको छ ।