बराबरीमा रोकियो शीर्ष स्थानको बायर्न

Mar 6th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, २२ फागुन
जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बायर्न म्युनिख र लिभरकुसेनले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलमा बायर्नको लागि निकलस सुलेले एक गोल गरे भने लिभरकुसेनले एक गोल आत्मघाती उपहार पाएको हो ।

खेलको १८ औं मिनेटमा बायर्नका निकलस सुलेले गोल गर्दै अग्रता दिलाएका थिए।

तर, खेलको ३६ औं मिनेटमा बायर्नका थोमस मुलरले आत्मघाती गोल गरेपछि बायर्न म्युनिख र लिभरकुसेनले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

बराबरीसँगै बायर्नको २५ खेलबाट ५९ अंक छ र शीर्ष स्थान छ । लिभरकुसेनको २५ खेलबाट ४५ अंक छ र तेस्रो स्थानमा छ ।