चेल्सीको फराकिलो जित

Mar 6th, 2022

आधारभूमि संवाददाता

काठमाडौ, फागुन २२
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले बर्नलीलाई ४–० गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन काई हार्ट्जले दुई गोल गरे भने रिस जेम्स र क्रिश्चियन पुलिसिकले एक-एक गोल गरे।

खेलको ४७ मिनेटमा रिस जेम्सले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ५२ औं मिनेटमा काई हार्ट्जले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

खेलको ५५ औं मिनेटमा हार्ट्जले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए ।

त्यसपछि खेलको ६९ औं मिनेटमा क्रिश्चियन पुलिसिकले गोल गर्दै टोलीलाई ४-० को फराकिलो जित दिलाए ।

जितसँगै चेल्सीले २६ खेलबाट ५३ अंक जोडेको छ र तालिकाको तेस्रो स्थानमा छ। पराजित बर्नलीको २६ खेलबाट २१ अंक छ र १८ औं स्थानमा छ ।