शीर्ष स्थानको पीएसजी निससँग पराजित

Mar 6th, 2022

आधारभूमि संवाददाता

काठमाडौ, फागुन २२
फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) निससँग पराजित भएको छ। शनिबार राति भएको खेलमा पीएसजीलाई निसले १)० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा निसलाई जित दिलाउन एन्डी डेलर्टले विजयि गोल गरे।डेलर्टले दोस्रो हाफको ८८ औं मिनेटमा गोल गरेका हुन्।

जितसंगै निसले २७ खेलबाट ४९ अंक जोडेको छ र दोस्रो स्थानमा छ । पराजित पछि पनि पीएसजीको २७ खेलबाट ६२ अंक छ र शीर्ष स्थानमा छ ।