एभर्टन एफए कप फुटबलको क्वाटरफाइनलमा

Mar 4th, 2022

आधारभूमि संवाददाता
काठमाडौँ २० फागुन
एभर्टन एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बिहीबार राति घरेलु मैदानमा भएको खेलमा एभर्टनले बोरेहम वुडलाई २-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन सालोमन रोन्डनले दुई गोल गरे।

दोस्रो हाफको ५७ औं मिनेटमा सालोमन रोन्डनले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ८४ औं मिनेटमा रोन्डनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसंगै एभर्टन एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।