लिभरपुल एफए कप फुटबलको क्वाटरफाइनलमा

Mar 3rd, 2022

आधारभूमि संवाददाता
काठमाडौँ १९ फागुन
लिभरपुल एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बुधबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई २-१ गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन ताकुमी मिनामीनोले दुई गोल गरे। नर्विच सिटीका लुकास रूपले एक गोल गरे।

खेलमा पहिलो अग्रता लिभरपुलले लिएको थियो। खेलको २७ औं मिनेटमा लिभरपुलका ताकुमी मिनामीनोले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

खेलको ३९ औं मिनेटमा ताकुमी मिनामीनोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

दोस्रो हाफको ७६ औं मिनेटमा नर्विच सिटीका लुकास रूपले एक गोल फर्काएका थिए।

जितसंगै लिभरपुल एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।