चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा

Mar 3rd, 2022

आधारभूमि संवाददाता
काठमाडौँ १९ फागुन
चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको खेलमा चेल्सीले लुटन टाउनलाई
उसकै मैदानमा ३-२ गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन साउल निगेज,टिमो वर्नर र रोमेलु लुकाकुले एक-एक गोल गरे। लुटन टाउनका रीस बर्क र ह्यारी कोर्निकले एक-एक गोल गरे।

खेलमा पहिलो अग्रता भने लुटन टाउनले लिएको थियो। खेलको दोस्रो मिनेटमा लुटन टाउनका रीस बर्कले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

खेलको २७ औं मिनेटमा चेल्सीका साउल निगेजले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ४० औं मिनेटमा लुटन टाउनका ह्यारी कोर्निकले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

तर, खेलको ६८ औं मिनेटमा चेल्सीका टिमो वर्नरले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि खेलको ७८ औं मिनेटमा चेल्सीका रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई ३-२ को जित दिलाए ।

जितसंगै चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।