• गृहपृष्ठ
  • आयो ‘हेल्लो जिन्दगी’ को ट्रेलर (हेर्नुस् ट्रेलर)

आयो ‘हेल्लो जिन्दगी’ को ट्रेलर (हेर्नुस् ट्रेलर)

Mar 2nd, 2022

काठमाडौं, फागुन १८
लामो प्रतिक्षापछि ‘हेल्लो जिन्दगी’ फिल्मको ट्रेलर सोमबार सार्वजनीक गरिएको छ । चैत्र ११ गते (मार्च २५) प्रदर्शन हुने फिल्मको सवा दुई मिनेट लामो ट्रेलरमा लभ, रोमान्स, एक्सन, कमेडी र सेन्टिमेन्ट्सको ‘प्याकेज’ देखिन्छ ।

एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा अभिनेता बिक्रम डि जोशी, प्रियंका कार्की, दीपीका प्रसाईं, विल्सन बिक्रम राई,बिक्रान्त बस्नेत र निर्देशक बोहरा स्वयम् प्रस्तुत छन । सत्य घटनाबाट प्रभावीत फिल्मको अधिकांश छायांकन बेलायत गरिएको हो । महंगो बजेटमा निर्माण भएको फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मसँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो, युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन् ।

निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा र निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा,सम्वाद रहेको फिल्म पुरुषोत्तम प्रधानले खिचका हुन् । राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत रहेको फिल्मको गीतकार पनि निर्देशक बोहरा स्वयम् हुन् । कोरियोग्राफी भारतीय फिल्मका चर्चित कोरियोग्राफर बिष्णु देवाले गरेका छन् । अत्याधीक भिएफएक्स प्रबिधिको उपयोग गरिएको फिल्ममा बिक्रम डि जोशी, प्रियंका कार्की,दीपीका प्रसार्इँ,विल्सन बिक्रम राई, एभरेष्ट सूर्य बोहरा,बिक्रान्त बस्नेतका साथमा सबिता गुरुङ, सनमकुमार बैराग,जानकी पन्त (जुन),ध्रुव दत्त,कुमुद पन्त लगायतको अभिनय छ ।

आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको सहायक निर्देशनमा मार्लाेभ ढुंगाना र सीमा गुरुङ छन् भने मुख्य सहायक निर्देशक सुदीप कुँवर र एलिस अधिकारी हुन् । सम्राट बस्नेतको द्धन्द्ध निर्देशन रहेको फिल्मको सम्पादन मित्र डि.गुरुङले गरेका हुन । फिल्मको ट्रेलरले अहिले चर्चा पाइरहेको छ । केही दिनमै फिल्मको पहिलो गीत सार्वजनीक गरिने जानकारी निर्देशक बोहराले दिएका छन् ।