६३ अंकले घट्यो नेप्से

Mar 2nd, 2022

काठमाडौ, फागुन १८
नेप्से घटेको छ । आज बुधबार ६३ दशमलव ९८ अंकले घटेर २५ सय ४६ दशमलव ६० अंकमा झरेकोमा सेन्सिटिभ पनि ११ दशमलव ५२ अंकले घटेर चार सय ८८ दशमलव ६९ अंकमा झरेको छ । आज दुई सय २८ वटा कम्पनीहरुको ५५ हजार दुई सय १२ पटकको कारोबारमा ७६ लाख ५२ हजार दुई सय चार कित्ता शेयर किनबेच भएकाछन भने कारोबार रकम तीन अर्ब ६२ करोड ११ लाख ४३ हजार नौ सय ७९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २७ दशमलव नौ अंकले घटेर १६ सय ५१ दशमलव ३६ अंकमा पुगेको छ भने फाईनान्स समुहको सुचक पनि ८० दशमलव ३२ अंकले घटेर २१ सय १९ दशमलव ६१ अंकमा पुगेको छ । यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि तीन सय २३ दशमलव १८ अंकले घटेर ११ हजार तीन सय ५६ दशमलव ४३ अंंकमा पुग्दा बिकास बैंक, जलबिद्युत, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, लगानी र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि उच्च अंकले घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।