• गृहपृष्ठ
  • सुडानमा ४४० आम नागरिक मारिए : राष्ट्रसंघ

सुडानमा ४४० आम नागरिक मारिए : राष्ट्रसंघ

Mar 1st, 2022

नैरोबी,१७ फागुन रासस/एएफपी
दक्षिण सुडानमा विभिन्न समुहका बीचमा भएको भिडन्तका क्रममा ४४० आम नागरिकको मृत्यु भएको छ । गत बर्षको जुन र सेप्टेम्बरको बीच उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्रसंघले मङ्गलबार जनाएको छ ।

भिडन्तका क्रममा धेरै मानव अधिकार उलंघन भएको पनि राष्ट्रसंघीय अधिकारीहरुले जानकारी दिएका छन् । सुडानमा भएको हिंसात्मक घटनाका बारेमा सुडानमा खटिएको राष्ट्रसंघीय मिसन युएनमिस र राष्ट्रसंघीय मानवअधिकार कार्यालयले संयुक्त रुपमा तयार पारेको प्रतिवेदन अहिले सार्वजनिक गरिएको हो ।