• गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिका वडा नं.७ मा सुनको गहना सहित नगद चोरी

महालक्ष्मी नगरपालिका वडा नं.७ मा सुनको गहना सहित नगद चोरी

Mar 1st, 2022

आधारभूमि, फागुन १७,
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नंं. ७ मा मधु सिल्वालको घरको फ्लाटमा डेरा गरी इटहरी नगरपालिका वडा नं. ४ घर भई महालक्ष्मी नगरपालिका वडा नं. ७ मा डेरावाला मनिषा पौडेलको सुनको तिलहरी १ थान, चोकर १ थान, झुम्का १ थान, चाँदीको करुवा २ थान सहित करीव २ लाख बराबरको चोरी भएको डेरावाला मनिषा पौडेलले जानकारी गराइन् ।

आई. एम. ई. पसल सञ्चालक अञ्जु राईको ५ हजार नगद र घरधनी सरिता सिल्वालको फेन्सी पसलबाट १० थान रिचार्ज कार्ड लगायत नगद चोरी भएको घर धनी सिल्वालले बताइन् ।