एटलान्टाको फराकिलो जित

Mar 1st, 2022

आधारभूमि संवाददाता

काठमाडौं, फागुन १७
इटालियन सिरी (ए) फुटबलमा एटलान्टाले फराकिलो जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा एटलान्टाले साम्पडोरियालाई ४–० गोलले पराजित गरेको हो ।

एटलान्टालाई जित दिलाउन ट्युन कूप्मेइनेर्सले दुई गोल गरे भने मारियो पासालिक र अलेक्सेई मिरान्चुकले एक-एक गोल गरे।

खेलको छैटौं मिनेटमा मारियो पासालिकले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको २९ औं मिनेटमा ट्युन कूप्मेइनेर्सले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

दोस्रो हाफको ६१ औं मिनेटमा ट्युन कूप्मेइनेर्सले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा अलेक्सेई मिरान्चुकले गोल गर्दै टोलीलाई ४-० को फराकिलो जित दिलाए ।

जितसँगै एटलान्टाले २६ खेलबाट ४७ अंक जोडेको छ र तालिकाको पाँचौं स्थानमा छ। पराजित साम्पडोरियाको २७ खेलबाट २६ अंक छ र १५ औंस्थानमा छ ।