एकै दिन ४३ अंकले घट्यो नेप्से

Feb 28th, 2022

काठमाडौ, फागुन १६
नेप्से घटेको छ । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से ४३ दशमलव एक अंकले घटेर २६ सय १० दशमलव ६० अंकमा पुग्दा सेन्सिटिभ पनि छ दशमलव ६४ अंकले घटेर पाँच सय दशमलव २१ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय २७ वटा कम्पनीहरुको ५४ हजार एक सय २१ पटकको कारोवारमा ७८ लाख ३४ हजार नौ सय १५ कित्ता शेयर किनबेच भएकाछन । जसबाट आज कारोवार रकम तीन अर्ब ६६ करोड एक लाख ८९ हजार आठ सय ६८ रुपैयाँ पुगेको छ । १३ वटा समुहको कारोवार हुंदा आज सबै समुहहरुको सुचक घटेर नेप्से रातम्मै देखिएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १५ दशमलव ३३ अंकले घटेर १६ सय ७८ दशमलव ४५ पुगेको छ भने जलबिद्युुत समुहको सुचक पनि एक सय दुई दशमलव ३४ अंकले घटेर ३२ सय १३ दशमलव ५५ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुुचक पनि दुई सय ६८ दशमलव ६९ अंकले घटेर ११ हजार छ सय ७९ दशमलव ६१ अंकमा पुुगेको छ भने बिकास बैंक, फाईनान्स, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा एनआईसी एशिया बैंक ऋणपत्र परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा तेह्थुम पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपी पावर लिमिटेड परेको छ ।