• गृहपृष्ठ
  • प्रतिनिधिसभा भवन अगाडी प्रेसर कुकर बम फेला, डिस्पोज गरिँदै

प्रतिनिधिसभा भवन अगाडी प्रेसर कुकर बम फेला, डिस्पोज गरिँदै

Feb 28th, 2022

काठमाडौ, १६ फागुन

नयाँ बानेश्वरस्थित प्रतिनिधि सभा भवन वरपर अहिले एमसिसी अनुमोदनका विरोधमा प्रदर्शन भैरहेको छ । यसबिच भवनको पश्चिम गेटनजिक कुकर बम फेला परेको छ ।

प्रहरीले सोमबार ११ बजे सो स्थानमा शंकास्पद वस्तु फेला परेको र सो वस्तु प्रेसर कुकर बम हुनसक्ने जनाएको छ । सो बम भएको आशंकामा डिस्पोज गर्ने तयारी भइरहेको छ।

उक्त शंकास्पद वस्तुलाई निष्कृय पार्न नेपाली सेनाको टोली बोलाइएको वताइएको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित भएको विरोधमा विभिन्न राजनीतिक पार्टीले आह्वान गरेको बन्दका क्रममा सो वस्तु फेला परेको हो।